ताजा समाचार

थुलुङ दुधकोशीले भन्योः समाचारमा आएजस्तो भ्रष्टाचार भएको छैन, गलत समाचार लेख्नेलाई कारबाहि होस्

सोलुखुम्बु । जिल्लाकाे थुलुङ दुधकाेशी गाउँपालिकाले भ्रष्टाचार भएको भन्ने समाचारको कडा शब्दमा खण्डण गरेको छ ।

पालिकाले एक विज्ञप्ति जारी गर्दै तथ्यलाई बङ्ग्याएर समाचार प्रकाशन प्रशारण भएको भन्दै आपत्ति जनाएको हो । यस्तै, पालिकाले कपोकल्ित समाचार प्रकाशन गरेको भन्दै कानुन बमोजिम कारबाहीको माग समेत गरेको छ ।

वडा नं. ७ का वडाध्यक्षसमेत रहेका पालिकाका प्रवक्ता भाेजराज कार्कीद्वारा जारी गरिएकाे विज्ञप्तिमा भनिएकाे छ— ‘तथ्य र तथ्यांकलाई बङ्ग्याएर निश्चित इच्छासमूहबाट परिचालित भएझैँ शृङ्खलाबद्ध भ्रामक समाचार सम्प्रेषण गर्नेहरूलाई नेपालकाे प्रचलित ऐन, कानूनअनुसार कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गर्दछाैँ ।’

विज्ञप्तिमा पालिका नेतृत्व र नेतृत्वले गरेकाे काम/कारबाहीलाई असफल बनाउन पत्रकारिताकाे माध्यमबाट तथ्य बङ्ग्याएर अतिरञ्जना मच्याउन खाेजिएकाे जिकिर गरिएकाे छ । ‘पछिल्लाे समय हाम्राे पालिका नेतृत्वकाे क्रियाशीलता, राजनीतिक सफलता र पालिकाले गरेकाे जनपक्षीय काम र विकासमा राखेकाे रेकर्ड राेक्न र ताेड्नका लागि पत्रकारिताकाे आवरणमा पालिकाकाे बेरुजुकाे विषयलाई बङ्ग्याएर केही व्यक्तिले अनलाईन पत्रकारिताकाे माध्यमबाट अतिरञ्जित गरिएकाे कार्यप्रति हाम्राे ध्यानाकर्षण भएकाे छ,’ विज्ञप्तिमा भनिएकाे छ ।

महालेखा परीक्षककाे पछिल्लाे प्रतिवेदनअनुसार थुलुङ दुधकाेशीकाे १ अर्ब ४ कराेड १२ लाख ५० हजार रुपैयाँकाे लेखा परीक्षण गर्दा १ कराेड ५१ लाख ४७ हजार बेरुजु देखिएकाे थियाे । जबकी उक्त बेरुज साेलुखुम्बुकाे ८ वटा पालिकामध्यकै कम हाे ।

‘बेरुजुलाई भ्रष्टाचारसँग जाेडिएर आएका समाचारमा कुनै सत्यता नरहेकाे र त्यस्ता मनसाय राखी पीतपत्ररिताका हिमायतीहरूले प्रेषित गरेकाे भ्रामक समाचारहरूकाे पछि नलाग्न आमजनसमुदायमा अपिल गरिन्छ,’ विज्ञप्तिमा छ, ‘समपरीक्षण गरी न्यून बेरुजु कायम भएकाे अवस्था देख्दादेख्दै समपरीक्षणअघिकाे महालेखा परीक्षककाे प्रारम्भिक प्रतिवेदन दिएर अतिरञ्जित गर्ने प्रयास गरेकाे स्पष्ट नै छ ।’

यस्तै पालिकाले शून्य बेरुजु कायम हुनेगरी कार्यसम्पादन गरिरहेकाे समेत दाबी गरेको छ ।

विज्ञप्तिः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org