ताजा समाचार

विहारका मुख्यमन्त्री नितिश कुमारद्वारा गिरिको निधनप्रति दुःख व्यक्त

काठमाडौं । नेपालसँग सीमा जोडिएको भारतको विहार राज्यका मुख्यमन्त्री नितिश कुमारले नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

‘नेपाली कांग्रेसका वरिष्ठ नेता एवं प्रतिनिधि सभाका सदस्य प्रदीप गिरिको निधन दुःखद । उनी नेपाली राजनीतिका दार्शनिक तथा समाजवादी विचारक थिए,’ नितिश कुमारले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘उनले सबै राजनीतिक दलबाट आदर र सम्मान प्राप्त गरेका थिए ।’

कांग्रेस नेता गिरिको निधन शनिबार राति भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org