ताजा समाचार

अण्डरग्राउण्ड पार्किङ खुलाउन महानगरले भत्कायो व्यापारिक भवनका संरचना

काठमाडौं । नयाँ बानेश्वर चोक क्षेत्रमा व्यवसायिक भवनका अन्डरग्राउण्ड पार्किङ खुलाउन काठमाडौं महानगरपालिकाले संरचनाहरू भत्काउन सुरु गरेको छ ।

अन्डरग्राउण्ड पार्किङ छोपेर पसल सञ्चालन गरिरहेका बानेश्वर कम्प्लेक्सलगायत त्यस वरपर क्षेत्रका व्यापारिक भवनमा पार्किङ खुलाउन मेसिन प्रयोग गरेर महानगर प्रहरीले संरचना भत्काउन थालेको हो ।

अन्डरग्राउण्ड पार्किङ स्थल समेत व्यापारिक प्रयोजनमा प्रयोग भएको फेला परेपछि काठमाडौं महानगरपालिकाले केही समयअघि त्यस्तो नगर्न आग्रह गरेको थियो । महानगरको आग्रह अटेर गर्ने नयाँ बानेश्वर क्षेत्रका व्यापारिक स्थलका अन्डरग्राउण्ड पार्किङ स्थलमा सञ्चालन भएका पसल कवल भत्काउन थालेको हो । महानगरले यसअघि नै व्यवसायिक भवनका अन्डरग्राउण्ड पार्किङ खुलाउन ३५ दिने सूचना जारी गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org