ताजा समाचार

एमाले एक्लै चुनावी प्रतिष्पर्धामा जान्छः ओली

काठमाडाैं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिरमा हुने आमनिर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने गरी योजना निर्माण हुने बताएका छन् ।

स्थायी कमिटीको मंगलबार ललितपुरस्थित पार्टी कार्यालयमा बसेको बैठकमा अध्यक्ष ओलीले नेपालमा एमालेबाहेक राजनीतिक दल वामपन्थी नभएको भन्दै एक्लै चुनावी प्रतिस्पर्धाको तयारी गर्ने बताएका हुन् ।

ओलीले विकास र राष्ट्रियताको एजेन्डा लिएर सत्ता गठबन्धनविरूद्ध एमाले जनतामाझ जानुपर्ने बताएका छन् । एमालेले देशलाई बदल्ने समार्थ्य राख्ने भएकाले जनतामाझ जान डराउनु नपर्ने ओलीले जिकिर गरेको जनाइएको छ ।

आजको बैठकमा ओलीले सत्ता गठबन्धनविरूद्ध एक्लै सामना गर्ने किसिमले तयारी थाल्नुपर्ने बताएका छन् ।

बैठकपछि सञ्चारकर्मीलाई प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले केन्द्रीय कमिटीमा प्रस्तुत गरिने राजनीतिक प्रतिवदेनको खाका प्रस्तुत गरेको जानकारी गराए । त्यसैगरी वैशाखमा भएको केन्द्रीय कमिटी बैठकपछि निर्णयहरुको अनुमोदन गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org