ताजा समाचार

हतकडीसहित भागेका कैदी लुभुबाट पक्राउ

काठमाडाैं । बुधबार हतकडीसहित भागेका नख्खु कारागारका कैदी लुभुबाट पक्राउ परेका छन् ।  महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचारको लागि लगिएका बेला कैदी हतकडीसहित फरार भएका थिए।

फरार हुने रामेछाप पिल्पुङग गाउँपालिका वडा नम्बर २ का ३१ वर्षीय भोला बुढाथोकी थिए । जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक दीपक भारती अनुसार उनलाई बिहीबार बिहान ७ बजे ललितपुरको महालक्ष्मी नगरपालिका-८ लुभुबाट परिसरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जानाकारी दिए।

‘बाटो हिडिँरहेको अवस्थामा  फेला पारिएको उनले बताए । उनी २०७२ सालदेखि नख्खु कारागारमा कर्तव्यज्यान मुद्दाको कैद भुक्तान गर्दै आएका छन्।

आँखाको उपचारको नियमित फलोअपका लागि उनलाई बुधबार महाराजगन्ज लगिएको थियो।

हतकडीसहित भागेपछि काठमाडौं उपत्यका प्रहरी कार्यालयले कारागार प्रमुखलाई जिम्मेवारीबाट हटाएको छ।

यस्तै कारागारमा रहेका सबै प्रहरी कर्मचारीलाई पनि निलम्बन गरेको छ। कार्यालयले यस घटनामा छानबिन गर्न प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको नेतृत्वमा चार सदस्यीय समिति पनि गठन गरेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org