ताजा समाचार

बैठकमा सहभागी हुन प्रचण्ड विराटनगर प्रस्थान

काठमाडाैं । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको प्रदेश एकको बैठकमा सहभागी हुन विराटनगर प्रस्थान गरेका छन् ।

प्रचण्ड आज बिहान साढे १० बजे प्रदेश-१ का केन्द्रीय सदस्य सहित प्रदेश पदाधिकारी सम्मिलित बैठकमा सहभागी ह विराटनगरका लागि हिडेँका हुन ।

आउदाे प्रदेश र संघको चुनाव लक्षित कार्यक्रममा सहभागी हुन प्रचण्ड विराटनगर आउन लागेको प्रदेश-१ का अध्यक्ष हर्कबहादुर नेम्वाङ‘मिक्सो’ले बताएका छन् ।

नेम्वाङले भने ‘हामीले प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी सहित सदस्यहरुको बैठक गर्न लागेका छौ । बैठकलाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड कमरेड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ कमरेड आउनुहुनेछ’ । चुनावको समिति घोषणा भएपछि प्रचण्ड प्रदेशलाई सक्रिय बनाउन आफै बैठकमा सहभागी हुन लागेका हुन ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org