ताजा समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५५० ग्राम सुनसहित एक जना पक्राउ

काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध रूपमा भन्सार छली ल्याएको करिव ५५० ग्राम सुसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–७ घर भई काठमाडौं महानगरपालिका–६ कपन बस्ने ४४ वर्षीया पासाङ डोल्मा लामा रहेका छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

हिमालय एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएकी उनको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले जाँच गर्ने क्रममा भिस्त्री वस्त्रभित्र फल्स बटम बनाई लुकाई ल्याएको सुन भेटिएको प्रहरीले जनाएको छ ।

उनलाई आवश्यक कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org