ताजा समाचार

राष्ट्रपति भेट्न कांग्रेस पदाधिकारी शितल निवास जाने

काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारीसहित राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने भएको छ ।

भण्डारीलाई भेट्न कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवा पार्टी पदाधिकारीसहित दिउँसो २ बजे राष्ट्रपति भवन शितल निवास जाँदैछन् ।

‘राष्ट्रपति भण्डारीलाई भेट्न जाने खबर भर्खरै आयो,’ कांग्रेसका एक पदाधिकारीले न्युज नेपालसँग भने,‘सरकारको प्रमुखभन्दा पनि कांग्रेसको पार्टी सभापति र पार्टी पदाधिकारीको हैसियतमा उहाँलाई भेट्न जान लागेका हौं ।’

उनले भेटको एजेण्डाका बारेमा भने आफूहरुलाई केही जानकारी नदिइएको बताए ।

नागरिकताको विधेयकको विषयलाई लिएर पछिल्लो समय सत्तारुढ दल राष्ट्रपति कार्यालयबीच दूरी बढेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org