ताजा समाचार

राष्ट्रपतिले एमाले नेताहरुलाई छलफलमा बोलाइन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका नेताहरुलाई छलफलमा बोलाएकी छन् ।

सोमबार दिउँसो ५ बजे राष्ट्रपति कार्यालयमा आउने गरी उनले एमाले नेताहरुलाई बोलाएको एमाले स्रोतले बताएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएकाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसहितका नेताहरु राष्ट्रपति कार्यालय जाने एक नेताले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नै नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरेकी थिइन् । छलफलको क्रममा राष्ट्रपति भण्डारीले नागरिकता विधेयक, निर्वाचन लगायत विषयमा जिज्ञासा राखेको जनाइएको छ । जवाफमा देउवाले केपी शर्मा ओली सरकारले ल्याएको अध्यादेश जस्तै विधेयक ल्याएको जनाएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org