ताजा समाचार

गठबन्धनका शीर्ष नेताहरू जुटे सिट बाँडफाँटबारे छलफलमा

काठमाडाैं । सत्ता गठबन्धन दलका शीर्ष नेताहरू सिट बाँडफाँटबारे छलफलमा जुटेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान ११ बजेदेखि नेताहरूबीच छलफल चलिरहेको छ । आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका दलहरू कुन दलले कति सिट लिने र तालमेल गर्ने भन्ने विषयमा छलफल गरिरहेका छन् ।

कार्यदल बस्नुअघि सत्तारुढ पाँच दलका शीर्ष नेताबीच छलफल भएको थियो। शीर्ष नेताहरुको छलफल सकिए लगत्तै कार्यदलको बैठक सुरु भएको हो ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको संयोजगत्वमा बनेको कार्यदलले प्रतिवेदन तयार गरेर नेताहरुलाई बुझाइसकेको छ ।

अब नेताहरू ०७४ र ०७९ को निर्वाचन परिणामका आधारमा सिट बाँडफाँट गरेर टुंगोमा पुग्ने तयारीमा छन् । कार्यदलमा सदस्य रहेका एक नेताका अनुसार शीर्ष नेताहरू सिट संख्यामा सहमति जुटाउन प्रयासरत छन् ।

अहिलेसम्म कांग्रेसले प्रतिनिधि सभाको सय सिट, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३५ र राष्ट्रिय जनमोर्चाले २ सिटको दाबी गरेको छ । बुधबार पनि बालुवाटारमा सिट बाँडफाँटबारे छलफल भएको थियो ।

बैठकमा सहमति नजुटेपछि संचारमन्त्री समेत रहेका कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले छलफल सकारात्मक भएको बताएका थिए । उनले सकेसम्म बिहीबार नै टुंगोमा पुगेर सार्वजनिक गर्ने पनि बताएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org