ताजा समाचार

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध प्रदर्शन

काठमाडौं । काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन भएको छ ।

नेपाल आयल निगमले बिहीबार मध्यराति १२ बजेदेखि लागु हुने गरी डिजेल र मट्टितेलको मूल्य बढाएपछि शुक्रबार विरोध प्रदर्शन भएको हो ।

निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँको दरले मूल्य बढाएको छ । भारतबाट मूल्य घटेर आउँदा नघटाएको निगमले बढेर आएलगत्तै मूल्यवृद्धि गरेपछि यसको विरोधमा अखिल क्रान्तिकारीसहितले टेकुस्थित आयल निगम अगाडि विरोध प्रदर्शन गरेका हुन् ।

भारतबाट हरेक १५ दिनमा आउने मूल्य सूचीअनुसार नेपालले पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org