बीचमै यसरी तुहियो प्रतिनिधिसभाको कार्यकाल ‘लम्ब्याउने’ खेल
काठमाडौं । सरकारले प्रतिनिधिससभाको कार्यकाल ‘लम्ब्याउने’ गरी ल्याएको केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ लाई अघि नबढाउने भएको छ ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव गरेका थिए । जसलाई बैठक स्वीकृत गरेको थियो ।
निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको उम्मेदवारको बन्दसूची नबुझाउँदासम्म मौजुदा प्रतिनिधिसभा र प्रदेश सभाको कार्यकाल रहने बताउँदै आएको छ । आयोगको उक्त भनाइअनुसार आउँदो १ असोज मध्यरातिबाट मौजुदा प्रतिनिधिसभा र प्रदेश सभाको कार्यकाल सकिनेछ ।
तर, सरकारले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा निर्वाचित भएर आउने सदस्यहरूको पहिलो बैठक बस्नुअघिसम्म मौजुदा प्रतिनिधिसभाको कार्यकाल रहने गरी ऐन बनाउन लागेपछि सरकारको चौतर्फी आलोचना भइरहेको छ ।विधेयक ल्याएर प्रतिनिधिसभा र प्रदेश सभाको आयु (कार्यकाल) लम्ब्याउन खोजेको आरोपलाई कानुनमन्त्री शर्माले अस्वीकार गरेका छन् । संविधानको धारा ८५ ले प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष रहने व्यवस्था गरेको भन्दै मन्त्री शर्माले सोही व्यवस्थालाई ऐनमा समेट्न खोजेको बताए ।
प्रतिनिधिसभा र प्रदेश सभाको कार्यकाल संविधानले पाँच वर्ष रहने व्यवस्था गरे पनि ऐनमा नसमेटिएकाले उक्त विधेयक ल्याउनुपरेको मन्त्री शर्माको दाबी छ । प्रतिनिधिसभा र प्रदेश सभाको कार्यकालबारे रहेका अन्योल र भ्रम चिर्न ऐन बनाउन आवश्यक परेका सरकारले उक्त विधेयक संसदमा पेस गरेको मन्त्री शर्माले संसद् बैठक र बैठकबाट बाहिरिने क्रममा पत्रकारहरूसँग भनेका थिए ।
तर, सरकारको दाबीलाई स्वयं सांसदहरूले खण्डन गर्दै अस्वीकार गरेका छन् । सरकारले प्रतिनिधिसभाको आयु लम्ब्याउने खेललाई सांसद तथा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले ‘अनैतिक कार्य’ भने । अनैतिक कार्यमा आफू सहभागी हुन नसक्ने संसद बैठकलाई जानकारी दिँदै सांसद पद नै त्यागेको घोषणा गरे ।
लिङ्देनको घोषणाले अन्य सांसदमा पनि दबाब सृजना भयो । प्रमुख प्रतिपक्षी दल एमालेकै सांसदले पनि विरोध जनाए ।सत्ता साझेदार दलका शीर्ष नेताको दबाब झेल्न नसकेर सरकारले उक्त विधेयक ल्याइएको नाम उल्लेख नगर्ने सर्तमा सत्तारुढ दलका एक नेताले जानकारी दिए । तर, चौतर्फी विरोध र एमालेले आफ्ना सांसदको सामूहिक राजीनामा आउने प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराएपछि सरकार उक्त विधेयकबाट पछि हटेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँँझ सत्तारुढ दलको बैठकमा बसेको थियो । चौतर्फी विरोध र एमाले सांसदको सामूहिक राजीनामा आए गठबन्धनलाई असर गर्ने देखिएपछि प्रधानमन्त्री देउवाले कानुनमन्त्री शर्माले उक्त विधेयक अघि नबढाउन निर्देशन दिए । अब उक्त विधेयक अघि बढेन वा पारित नभएमा मौजुदा प्रतिनिधिसभा र प्रदेश सभाको कार्यकाल आउँदो १ असोज मध्यरातिसम्म रहनेछ । २ र ३ असोजमा प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको उम्मेदवारको समानुपातिकतर्फकाे बन्दसूची बुझाउने चुनावी कार्यतालिका छ ।
प्रमुख निर्वाचन आयुक्त्त दिनेश थपलियाले समानुपातिकतर्फकाे बन्दसूची बुझाएकाे दिनदेखि नै सांसदकाे कार्यकाल सकिने बताइसकेका छन् ।
Comments
अरु समाचार
-
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
काठमाडौं । जङ्गली जनावरको आक्रमणबाट साउनयता सातजनाको मृत्यु भएको छ । गैँडा, बाघ र मगर गोहीको आक्रमणबाट उनीहरूको मृत्यु भएको...
-
सर्वोच्च अदालतमा अनलाइनबाटै मुद्दा दर्ता गर्न सकिने
काठमाडौँ, १ जेठः सर्वोच्च अदालतमा आजदेखि अनलाइनमार्फत मुद्दा दर्ता र पेसीको सूचना स्वचालितरुपमा पठाउने प्रणालीको शुभारम्भ भएको छ । प्रधानन्यायाधीश...
-
सहमतिमा करणी ठहर, तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन्...
-
काठमाडौँमा आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान’ सुरु
काठमाडौं । सभ्य सडक संस्कारका माध्यमबाट सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि ‘ट्राफिक सचेतना विशेष...
-
जात, समुदाय लक्षित सामग्री सामाजिक सञ्जालमा नराख्न प्रहरीको आग्रह
काठमाडौं । सम्प्रदायबीचको सम्बन्धमा असर पार्ने किसिमका सामग्रीहरू सामाजिक सञ्जालमा नराख्न नेपाल प्रहरीको साइबर व्यूरोले अनुरोध गरेको छ । शुक्रबार...
-
डोल्पामा डढेलो निभाउने क्रममा घाइते भएका तीन सैनिकको मृत्यु
काठमाडौं । डोल्पाको ठूलीभेरी नगरपालिका–४ मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार जना सैनिकमध्ये तीन जनाको ज्यान गएको...
-
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको...
-
सशस्त्र प्रहरीको गोदाममा भएको आगलागीको घटना छानबिन गर्न समिति गठन
काठमाडौं । सशस्त्र प्रहरीको बलम्बुस्थित केन्द्रीय गोदामघरमा सोमबार आगलागी भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी अस्पतालको...
-
उपत्यकाबाट आठ महिनामा एक हजार ८४७ मोटरसाइकल चोरी
काठमडौं । चालु आर्थिक वर्षको हालसम्म काठमाडौँ उपत्यकाबाट एक हजार आठ सय ४७ वटा मोटरसाइकल चोरी भएको प्रहरीको तथ्याङ्कले देखाएको...