ताजा समाचार

प्रतितोला तीन सयले बढ्यो सुन

काठमाडाैं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा  कारोबार भइरहेको छ । अघिल्लो छापावाल सुन प्रतितोला ९३ हजार सात सय रुपैयाँमा काराेबार भएकाे थियाे ।

महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ र अघिल्लो दिन तेजाबी सुन प्रतितोला ९३ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा तिन सय रुपैयाँले बढेको हो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ११ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला ११ सय १५ रुपैयाँमा खरिद–बिक्री भएको थियो। सोमबारको तुलनामा आज चाँदी प्रतितोला दश रुपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय १९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org