असनको फुटपाथ खाली गराउन थालियो
काठमाडौं । काठमाडौं महानगरपालिकाले असन क्षेत्रका फुटपाथको व्यापार हटाउन थालेको छ । इन्द्रचोक क्षेत्रमा पछिल्लो समय अव्यवस्थित रुपमा सञ्चालनमा भइरहेको पार्किङ, मन्दिर वरिपरिको व्यवसाय हटाइरहेको महानगरले आजदेखि फुटपाथमा राखिका पसलहरु पनि हटाउन सुरु गरेको हो ।
इन्द्रचोकदेखि असन क्षेत्रको फुटपाथ खाली गराउन थालिएको काठमाडौं महानगरको नगर प्रहरी प्रमुख राजु पाण्डेले बताए । असन क्षेत्रमा हिँड्ने मान्छेका लागि फुटपाथमा राखेका भाँडाकुँडा, क्रिष्टलका सामग्रीहरु, खेलौना पसल, फेन्सीका सामान, माटाका सामग्रीहरु भोलि बिहानसम्म हटाउन निर्देशन दिएको पाण्डेले बताए ।
सडकपेटीसम्म राखेका केही सामग्री अहिले नै हटाएका छौं । भोलिसम्म नहटाए हाम्रो गाडी गएर उठाउँछ, अहिले असनका व्यापारीहरुलाई माइकिङ गरेर हटाउन आग्रह गरेका छौं,’ पाण्डेले भने ।
असनका साँघुरा गल्लीका दुबैतिरको फुटपाथमै पसल थापेपछि यात्रुहरुलाई आउजाउ गर्न समस्या हुने गरेको छ ।
Comments
अरु समाचार
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...
-
कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुवाको उरुङ
काठमाडौं । वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन । कालीगण्डकीमा...