ताजा समाचार

प्रतितोला ८ सयले बढ्याे सुन

काठमाडाैं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  सुन प्रतितोला ९३ हजार ८ सय  रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला ९३ हजार रुपैयाँमा काराेबार भएकाे थियाे ।यो मूल्य अघिल्लो दिनको तुलनामा ८ सयले बढेको हो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला  एक हजार एक सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी तोलामा १५ रुपैयाँले घटेको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७.७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org