ताजा समाचार

प्रधानमन्त्री देउवाले नर्भिक अस्पताल पुगेर भेटे विरामी मितलाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नर्भिक अस्पतालमा उपचाररत मित नरबहादुर बलायरको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

आइतबार थापाथलीस्थित नर्भिक अस्पताल पुगेर उनले बलायरको गरी शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

माध्यमिक शिक्षा सँगै लिएका देउवा र बलायरले उच्च अध्ययनका लागि काठमाडौं आएर १० वर्ष एउटै कोठामा बिताएका थिए । विरामी बलायर पूर्वमन्त्री वीरबहादुर बलायरका जेठो दाजु हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org