ताजा समाचार

महानगरले भाटभटेनीको बेसमेन्टका संरचना खाली गर्दै

काठमाडौं । काठमाडौं महानगरले महानगरपालिका-३२ मा रहेको भाटभटेनी बेसमेन्टमा रहेको संरचना हटाउन सुरु गरेको छ । महानगरले बेसमेन्टमा रहेको संरचना हटाउन महानगरले डोजर पनि लिएर गएको छ ।

काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेले भाटभटेनी सुपरमार्केटको बेसमेन्टमा पार्किङ प्रयोजनका लागि नक्सा पास भएता पनि अर्को प्रयोजन भएको पाइएकोले बेसमेन्टमा रहेका संरचना हटाउन लागेको जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org