ताजा समाचार

प्रतितोला ३०० रुपैयाँले घट्याे सुनको मूल्य

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अाज छापावाला सुनकाे मूल्य प्रतितोला ९३ हजार ६०० तोकिएको छ । आइतबार छापावाला सुन प्रतितोला ९३ हजार ९०० मा बिक्री भएको थियो ।

अाज  तेजावी सुनकाे प्रतितोला मूल्य ९३ हजार १०० रुपैयाँ तोकिएको छ भने आइतबार तेजावी सुन ९३ हजार ४०० रुपैयाँमा खरिद बिक्री भएको थियो

सोमबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो ।

अाज सोमबार चाँदी प्रतितोला १ हजार १५० रुपैयाँ तोकिएको छ । सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने स्थिर रहेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org