ताजा समाचार

प्रतितोला एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार अाज  शुक्रबार छापावाल सुनको मूल्य ९१ हजार ५ सय ताेकिएकाे छ । भने  तेजावी सुनको मूल्य ९१ हजार ताेकिएकाे छ । सुनको मूल्य तोलामै एक हजार रुपैयाँले घटेको छ ।  शुक्रबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ ।

त्यसतै, अाज चाँदीको मूल्य प्रतितोला १ हजार १७० रुपैयाँ तोकिएको छ । चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको हाे ।

बिहीबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा छापावाल सुन, ९२ हजार रुपैयाँमा तेजावी सुन र १ हजार १८० रुपैयाँ चाँदीको कारोबार भएको थियो ।  अाज शुक्रबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org