ताजा समाचार

आजदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुला

काठमाडौं । दशैं-तिहारलगायतका चाडपर्वलाई लक्षित गर्दै आज शनिबारदेखि लामो तथा मध्यम दूरीका यात्रुवाहक बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । यसका लागि सम्पूर्ण तयारी पूरा भएको यातायात व्यवस्था विभागले जनाएको छ ।

यातायात व्यवसायीहरूको संस्था राष्ट्रिय यातायात व्यवसायी महासंघका अनुसार आजदेखि अग्रिम टिकट बुकिङ खोलिने छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक विभाग र यातायात व्यवसायीहरूको यही भदौ २२ गतेको बैठकले आजदेखि चाडपर्वका लागि अग्रिम टिकट बुकिङ गर्ने निर्णय गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org