ताजा समाचार

प्रतितोला ४ सय रुपैयाँले घट्याे सुनको मूल्य

काठमाडौं । साताको पहिलो दिन बढेको सुनको मूल्य दोस्रो दिन घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ४ सय रुपैयाँले घटेको हो।

सुनको कारोबार मूल्य प्रतितोला ९१ हजार ४ सय रुपैयाँ भएको छ। अघिलाे दिन प्रतितोला ९१ हजार ८ सय रुपैयाँ काराेबारभएको थियो।

त्यसतै, चाँदी तोलामा १० रुपैयाँ घटेको छ। सोमबारका लागि कारोबार मूल्य प्रतितोला ११ सय ७५ रुपैयाँ भएको छ। आइतबार तोलामा १५ रुपैयाँ बढेर कारोबार मूल्य ११ सय ८५ रुपैयाँ भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस १६६८.४० डलर छ भने चाँदी प्रतिऔंस १९.४३ डलरमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतिऔंस १६७५.२२ डलर र चाँदी १९ ६१ डलर थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org