ताजा समाचार

एमालेको उम्मेदवार चयन ओलीले गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी चुनावका लागि उम्मेदवार चयनको जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिने निर्णय गरेको छ ।

ओलीको निजी निवास बालकोटमा बिहीबार मध्यरातसम्म बसेको एमालेको सचिवालय बैठकले उम्मेदवार चयनको जिम्मा दिने निर्णय गरेको हो ।

‘उम्मेदवारहरुको मोटामोटी प्रस्ताव आएको छ, त्यसमाथि ब्यापक छलफल भयो’, ती पदाधिकारीले भने । उनका अनुसार, सिफारिस भएर आएका नेताहरुबारे व्यक्तिगत रुपमै छलफल भएको थियो ।

६ घण्टा बढी चलेको बैठकले उम्मेदवारबारे ठोस निर्णय भने गरेन । ‘छलफल भयो, तर निर्णय भएको छैन’, सचिव पद्मा अर्यालले भनिन् । थप छलफल गरेर उम्मेदवार टुंग्याइने उनले बताइन् ।

अन्य दलसँग तालमेलको कुरा टुंगिन बाँकी रहेकाले पनि थप छलफल गरेर मात्रै उम्मेदवारबारे निर्णय लिन नेताहरु सहमत भएका छन् । एमालेको जिल्ला र प्रदेशबाट ५६ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रको उम्मेदवारमा एकल सिफारिस भएको छ । बाँकी निर्वाचन क्षेत्रमा एक भन्दा बढी आकांक्षीको नाम सिफारिस भएर आएको छ ।

एमाले बैठकमा प्रतिनिधिसभाका ११० र प्रदेशसभाका २२० निर्वाचन क्षेत्रकै बारेमा छलफल भएको थियो । तर, समानुपातिक तर्फको बन्दसूचीबारे भने बैठकमा छलफल भएन ।

यसअघि नै समानुपातिक तर्फको बन्दसूचीलाई अन्तिम रुप दिने अधिकार अध्यक्ष ओलीलाई दिइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org