मंगलदीप पुजा अगरबत्ती का दशैं तिहार लक्षित आकर्षक प्याकहरु बजारमा
काठमाडाैं । नेपालकै अग्रणी व्यवसायिक संस्था सूर्य नेपाल प्रा.लि.ले हरेक बर्षझै यस बर्ष पनि नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठलाई लक्षित गरेर आफ्नो उत्कृष्ट उत्पादन मंगलदीप पूजा अगरबत्तीको विभिन्न “फेष्टिभ प्याकहरू” बजारमा सार्वजनिक गरेको छ ।
यस चाडपर्वमा अत्याधिक मात्रामा पूजा अगरबत्तीको माग तथा खपत हुने हुनाले यी फेष्टिभ प्याकहरू बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।
यी फेष्टिभ प्याक अन्तर्गत चम्पा, त्रिसारा र आकर्षक षट्कोण आकारको बक्समा ३ in १ प्याक बजारमा उपलब्ध छन् । साथै साविक भन्दा धेरै काँटी तथा बट्टाहरू संग्रह सहितको अर्पण, त्रेया, जस्मिन, लाभेण्डर, चन्दन तथा लाभेण्डर+ चन्दन (२ in १) अगरबत्ती प्याकहरू पनि बजारमा उपलब्ध छन् ।
यी सबै उत्पादनहरू देशभरिका डिपार्टमेन्ट स्टोर तथा मंगलदीप पाइने सम्पूर्ण खुद्रा तथा होलसेल पसलहरुमा उपलब्ध रहने छन् । यी फेष्टिभ प्याकहरू हरेक पसलहरुमा आकर्षक सजावटका साथ उपलब्ध गरिएको हुनाले ग्राहक महानुभावहरूले सहजै देख्नु हुने विश्वास कम्पनीले लिएको छ।
मंगलदीप पूजा अगरबत्तीले गहन बजार अनुसन्धान गरी नेपाली ग्राहकहरूको रोजाइ अनुसारको मनमोहक, आकर्षक तथा सुगन्धित अगरबत्ती ल्याउने गरेको तथा ती अगरबत्तीहरु नेपालीको विशेष रोजाईमा पर्न तथा मन जित्न सफल भएको छ । यी चाड पर्व लक्षित फेस्टिव प्याक सिमित अबधिको लागि मात्र उपलब्ध हुनेछन् ।
Comments
अरु समाचार
-
Culture, Mountains, and Technology: Himalayan Rim Film Exhibition
Kathmandu, 14 Dec (2025) : The assembly hall of the Department of Mass Communication and Journalism at Tribhuvan University presented...
-
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको भाउ हालसम्मकै...
-
आज विभिन्न मुलकमा अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै
काठमाडौं । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय...
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












