जसपा एमालेसँग चुनावी तालमेलको तयारी
काठमाडाैं । दोहोरो संवादमा रहेको जनता समाजवादी पार्टी (जसपा)ले नेकपा एमालेसँग चुनावी तालमेल गर्ने सहमति नजिक पुगेको बताएको छ।
जसपा उच्च स्रोतका अनुसार गठबन्धनले सिट बाँडफाँटमा सहमति खोज्नुको साटो अन्यायपूर्ण व्यवहार भएको भन्दै एमालेसँग छलफल सुरु गरेको थियो । त्यसपछि जसपा अध्यक्ष उपेन्द्र यादव एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न पुगेका थिए । उनीहरुबीच मोटामोटी सहमति भइसकेको स्रोतको दाबी छ । सहमतिको खाका तयार भइसकेपनि उनीहरुबीच औपचारिक सहमति भने नजुटेको जनाइएको छ ।
यादव बिहीबार गठबन्धनको बैठकमा केही समय मात्र सहभागी भएर एमालेसँग कुराकानी गर्न हिँडेका थिए। यादव बालुवाटारबाट बाहिरिएपछि बिहीबारको बैठकले कुनै निष्कर्ष निकालेको थिएन । जसपाका नेताहरू भने जसले धेरै सिट दिन्छ त्यतै सहमति हुने बताइरहेका छन् ।
यता सिट बाँडफाँटका लागि सत्ता गठबन्धनले गठन गरेको कार्यदलमा सदस्य रहेका रकम चेम्जोङले अहिले दिने भनिएको सिटमा ६ सिट थप्नुपर्ने बताएका छन् । जसपाले आफूहरूलाई १८ देखि २० सिटसम्म चाहिने माग गरेको छ ।
Comments
अरु समाचार
-
काठमाडौँमा आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान’ सुरु
काठमाडौं । सभ्य सडक संस्कारका माध्यमबाट सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि ‘ट्राफिक सचेतना विशेष...
-
जात, समुदाय लक्षित सामग्री सामाजिक सञ्जालमा नराख्न प्रहरीको आग्रह
काठमाडौं । सम्प्रदायबीचको सम्बन्धमा असर पार्ने किसिमका सामग्रीहरू सामाजिक सञ्जालमा नराख्न नेपाल प्रहरीको साइबर व्यूरोले अनुरोध गरेको छ । शुक्रबार...
-
डोल्पामा डढेलो निभाउने क्रममा घाइते भएका तीन सैनिकको मृत्यु
काठमाडौं । डोल्पाको ठूलीभेरी नगरपालिका–४ मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार जना सैनिकमध्ये तीन जनाको ज्यान गएको...
-
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको...
-
सशस्त्र प्रहरीको गोदाममा भएको आगलागीको घटना छानबिन गर्न समिति गठन
काठमाडौं । सशस्त्र प्रहरीको बलम्बुस्थित केन्द्रीय गोदामघरमा सोमबार आगलागी भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी अस्पतालको...
-
उपत्यकाबाट आठ महिनामा एक हजार ८४७ मोटरसाइकल चोरी
काठमडौं । चालु आर्थिक वर्षको हालसम्म काठमाडौँ उपत्यकाबाट एक हजार आठ सय ४७ वटा मोटरसाइकल चोरी भएको प्रहरीको तथ्याङ्कले देखाएको...
-
खोटाङका एघार ठाउँमा बृहत् स्वास्थ्य शिविर
काठमाडौं । बेलायतस्थित खोटाङ सेवा समाजले स्वास्थ्य सेवामा पहुँच नभएका जिल्लावासीलाई लक्ष्यित गरेर बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।...
-
दिल्ली जान लागेका दुई तिब्बतीमूलका सहित तीन यात्रुको साथबाट हजारौं डलर बरामद
काठमाडौं । काठमाडौंबाट नयाँ दिल्लीतर्फ जान लागेका तीन जना यात्रुको साथबाट प्रहरीले हजारौं अमेरिकी र क्यानडेली डलरका साथै भारतीय रुपैयाँ...
-
दिउँसोदेखि मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षा हुने
काठमाडौं । आज दिउँसोदेखि काठमाण्डौ उपत्यकासहित कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा बादली भएर पानी पर्ने सम्भावना रहेको...