ताजा समाचार

मधेसमा एमाले रजसपाबीच आधाआधा गर्ने सहमति

काठमाडाैं । मधेस प्रदेशमा रहेका प्रतिनिधिसभाका ३२ सिटमध्ये नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) वीच बराबरी भागबन्डा हुने भएको छ । यस अनुसार एमालेले १६ र जसपाले १६ सीटमा भागबन्डा गर्ने सहमति जुटेको छ।

प्रत्यक्षतर्फ प्रदेशसभाका ६४ सिटमा पनि बराबरी, अर्थात ३२–३२ सिटमा भागबन्डा गर्ने सहमति जुटेको नेकपा एमालेका एक नेताले न्युज नेपाललाई जानकारी दिए ।

ती नेताका अनुसार लोसपाबाट एमालेमा प्रवेश गरेका उमाशंकर अरगरियालाई एमालेले टिकट दिन खोजेको धनुषा २ मा जसपाको विरोधका कारण सहमति जुट्न बाँकी छ ।

त्यस्तै, बारा ३, महोत्तरी २ र धनुषा ४ मा कसलाई उठाउने भन्ने सहमति जुट्न बाँकी रहेको तर उपेन्द्र यादव र केपी ओलीवीच आज विहानैदेखि छलफल जारी रहेको स्रोतले बतायो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org