ताजा समाचार

एमाले–जसपाबीच तालमेल: जसपालाई प्रतिनिधिसभाका १७ सिट

काठमाडौं । एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच १४ जिल्लामा चुनावी तालमेलको सहमति भएको छ ।

मधेस प्रदेशका आठ जिल्ला, प्रदेश १ को मोरङ र सुनसरी तथा लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तु तथा सुदूरपश्चिमको कैलालीमा तालमेलको सहमति भएको हो ।

सहमतिअनुसार यी जिल्लामा प्रतिनिधिसभाका ३५ सिट एमालेले लिनेछ भने जसपाले १७ सिट लिने भएको छ । तालमेल सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र जसपाका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org