ताजा समाचार

फ्रान्सको अन्तर्राष्ट्रिय मोटर स्पोर्टसमा नेपाली खेलाडीले सहभागिता जनाउने

काठमाडाैं । नेपाली मोटर स्पोर्टस खेलाडीहरुले पहिलो पटक अन्तर्राष्ट्रिय मोटर स्पोर्टस प्रतियोगतामा सहभागिता जनाउने भएका छन् ।

मोटर स्पोर्टसको अन्तर्राष्ट्रिय महासंघ फेडेरेशन अटो मोवाइल्स एफएआईद्वारा फ्रान्सको मार्सेली सहरमा ओलम्पिक र्फम्याटमा आयोजना हुने एफएआइ मोटर स्पोर्टस गेम्स २०२२ मा नेपाली खेलाडीहरुले सहभागिता जनाउने भएका हुन् । यही अक्टोबर २६ बाट ३१ सम्म हुने प्रतियोगितामा तिन जना नेपाली राष्ट्रिय खेलाडीहरुको सहभागिता हुने नेपाल अटोमोवाइल एसोसियशन (नासा)ले जनाएको छ ।

मोटर स्पोर्टसका राष्ट्रिय खेलाडी अनिल कुमार बराल, जिस्वाँ तुलाधार तथा दिप्रश शाक्यले नासा नेपालको तर्फ बाट उक्त प्रतियोगितामा क्रमशः अटो स्लालोक र कार्टिङ स्प्रिन्ट सिनियर विद्यामा सहभागिता जनाउने नासाले जनाएको छ । प्रतियोगितामा १७ भन्दा बढी बिधाहरु ९डिसिप्लेन० समावेश गरिएको छ भने विश्व भरीका राष्ट्रिय खेलाडीहरु सहभागी हुनेछन् ।

प्रतियोगितालाई मोटर स्पोर्टसको संसारमा वर्ल्ड कप सरहको रुपमा हेरिने र सबै भन्दा बढी रुचाइएको मोटरस्पोटर्स गेम एक साहासिक खेल रहेको जनाउँदै नासाले भनेको छ–“नेपाली खेलाडीहरुको उपस्थिति मात्रले नै राष्ट्रको नाम र झण्डा उच्च रहने छ । खेलाडीहरु सँग कुरा गर्दा उहाँहरुको आत्मबल र राष्ट्रिय झण्डा विश्व सामु फहराउँने अभियानको व्याख्या सुन्दा राष्ट्रप्रेममा खेलाडीहरु समर्पित रहेको आभास हुनेछ ।”

संसारमै अत्यन्तै लोकप्रिय भनिएको मोटर स्पोर्टस नेपालमा भने ढेड दशक आगडिबाट संस्थागत शुरुवात भएको हो । विश्वमै यसका दुइ दर्जन ज्यादा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा भैरहेको अवस्थामा झन्डै झन्डै ओलम्पिक फम्यार्टमा भने केहि वर्ष आगाडी मात्र मोटर स्पोर्ट्स गेम्स्को शुरुवात भएको हो । अन्य प्रतियोगितामा गाडीको व्राण्डीङ्ग, कोर्पोरेट सहभागिता ड्राइभर्स र टिमको व्राण्डीङ्ग जस्ता विषयलाई मुख्य आधार मानिन्छ भने यसमा सहभागी देश र झन्डा देशको नाममा ड्राइभर्स र टिमको ब्राण्डिङ्ग तथा राष्ट्रिय टिम र खेलाडी को सहभागिता मुख्य आधार रहेकोले पनि प्रतियोगिता महत्वपूर्ण हुने नासाका अध्यक्ष दशरथ रिसालले जनाएका छन् ।

प्रतियोगितामा सहभागी तिन जना खेलाडीले नै थुप्रै राष्ट्रिय प्रतियोगिता तथा एसिया प्यासिफिक तहको अटो जिम खाना तथा कार्ट्समा सहभागिता जनाएको रेकर्ड रहेको जनाउँदै यदुराज लामिछाने र सृजना बराल अफिसियलका रुपमा रहने जनाइएको छ । प्रतियोगितामा नेपाली टिमको सहभागिताको लागि रजिष्ट्रेसन, इक्युप्मेन्ट्स, हवाई भाडा र बसोबासका लागि अनुमानित ३२ लाख खर्च लाग्ने संस्थाले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org