ताजा समाचार

रुकुम पूर्वमा चुनावी अभियान तीव्र, बामगठबन्धनका उम्मेद्वार डीबी मतदाता भेटघाटमा व्यस्त(फोटोफिचर)

रुकुम पूर्व । वाम लोकतान्त्रिक गठबन्धनका रुकुम पूर्व प्रदेश सभा (ख) प्रत्यक्ष तर्फका उम्मेदवार धनबहादुर केसी (डिबी) ले चुनावी अभियान अन्तर्गत भेटघाट कार्यक्रमलाई तिब्रता दिएका छन ।
आज रुकुम जिल्लाको भुमे गाउँपालिका वडा नम्वर ८ कुचिबाङका विभिन्न टोलहरुमा पुगेर घरदैलो र भेटघाटलाई तिब्रता दिएका हुन ।
बाम गठबन्धनका उम्मेदवार लगाएतको टोलीलाइ स्थानीयहरुले गाजाबाजा सहित स्वागत गरेका थिए ।
चुनाबी प्रचारप्रसार अभियान तथा भेटघाट कार्यक्रममा बोल्दै बामगठबन्धनका उम्मेदवार केसीले आफू निर्वाचित भएपछि दुई वर्षभित्रमा कुचिवाङ, सिस्ने जस्ता सडक सञ्जाल नपुगेका विकट ठाउँमा सडक सञ्जाल पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन ।
उम्मेदवार केसीले भने: विकास निर्माणको पहिलो आधार सडक सञ्जाल हो, मेरो पहिलो प्राथमिकता सडक सञ्जाल बिस्तार हो।
घरदैलो कार्यक्रममा नेकपा माओवादी केन्द्र, नेपाली काङ्ग्रेस, नेकपा एकिकृत समाजवादीका कार्यकर्ताको सहभागीता रहेको थियो ।                                                                                          हेर्नुहोस फोटोफिचर:

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org