आवश्यकता नभएपछि मन्त्री आचार्यलाई बर्खास्त गरेँ: मुख्यमन्त्री पोखरेल
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारमा आवश्यकता नभएपछि उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यलाई मन्त्री पदबाट बर्खास्त गरेको जानकारी दिएका छन् ।
‘मैले मेरो अधिकार प्रयोग गरेको हुँ । हिजो आवश्यक थियो राख्यौं, अहिले भएन हटाएँ,’ उनले भने, ‘यो सामान्य प्रक्रिया हो ।’
मन्त्री आचार्यलाई हटाइएको पत्र मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई मंगलबार दिउँसो पठाएका छन् । पत्रमा कुनै कुरा उल्लेख नगरिएपनि आसन्न निर्वाचनमा एमालेलाई सहयोग गरेको आरोप आचार्यमाथि छ । आचार्यलाई हटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार साँझ नै मुख्यमन्त्रीलाई निर्देशन दिएको बताइएको छ ।
सोमबार पोखरेल गृहजिल्ला नवलपुर भएका कारण मंगलबार आएर हटाएका हुन् । आचार्यले आफुलाई मन्त्रीबाट हटाएको समेत जानकारी नभएको बताए । ‘के आरोप हो । किन हटाएको हो केही थाहा छैन,’ उनले भने, ‘मिडियामा एमालेलाई सहयोग गरेको भनेर सुनेको छु । मैले कसैलाई कतै सहयोग गरेको छैन ।’
आचार्यले आफू अब राजनीतिक रुपमा स्वतन्त्र रहेको बताए । तत्कालीन नयाँ शक्ति पार्टीबाट निर्वाचित वहाँ नयाँ सरकार गठनका बेला मन्त्री मण्डलमा समावेश थिए । यसअघि पनि सरकार विरुद्ध गतिविधि गरेको आरोपमा हटाउने तयारी गरिएको थियो । तर डा. बाबूराम भट्टराईले नै रोकेपछि उनको पद जोगिएको थियो ।
गुरुङले आजै पत्र स्वीकृत गर्दै मन्त्रिपरिषद् हेरफेरको निर्णय गरेका छन् । गण्डकीमा अब ११ सदस्यीय मन्त्रिपरिषद् छ । यसअघि मनोनयनको दिन आचार्यले गोरखा क्षेत्र नम्बर २ (क) बाट बागी उम्मेदवारी दर्ता गराएका थिए ।
Comments
अरु समाचार
-
‘राष्ट्रपतिले दिएको समयभित्रै गठबन्धनको सरकार बन्छ’
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार गठनको विषयमा गठबन्धनमा छलफल सकारात्मकरूपमा अगाडि बढेको जनाएका छन्...
-
एसपी रामेश्वर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर
काठमाडौं । नेपाल प्रहरीका उपरीक्षक (एसपी) रामेश्वर यादवलाई सर्वोच्च अदालतले विशेष अदालतको फैसला उल्टाउँदै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ...
-
उत्तर कोरियाले रुसी भाडाका सैनिकलाई क्षेप्यास्त्र दिएकै हो ?
किएभ । युक्रेनमा प्रयोग गर्नका लागि रुसी भाडाका सैनिकहरूको समूह वाग्नर समूहलाई उत्तर कोरियाले युद्ध क्षेत्रमा प्रयोग हुने क्षेप्यास्त्र र...
-
‘हरेक इन्च माटो रगतले भिजेको छ, आत्मसमर्पण गर्दिनँ’
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले कहिल्यै आत्मसमर्पण नगर्ने चेतावनी दिएका छन् । उनले रुससँग सधैं लडिरहने र हारे...
-
सांसदहरुले आज शपथ लिँदै, हिन्दीदेखि संस्कृतमा लिन निवेदन
काठमाडौं । प्रतिनिधिसभामा निर्वाचित सवै सदस्यहरुले आज (बिहीबार) पद तथा गोपनियताको शपथ लिँदैछन् । उनीहरुलाई १५ भाषामा शपथ लिने व्यवस्था...
-
देशका अधिकांश ठाउँमा अझ बढी चिसोको महसुस
काठमाडौं । नेपालको पुर्वी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। प्रदेश १, वागमती र गण्डकी प्रदेशको पहाडी...
-
रवि लामिछानेलाई शपथ लिने बाटो खुला
काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले रवि लामिछानेको नागरिकता विवादमा दुबै पक्षलाई छलफलमा बोलाउने आदेश दिएको छ । सर्वोच्च अदालतको...
-
धोविखोला किनारका अतिक्रमित संरचनामा महानगरको डोजर
काठमाडौं । काठमाडौं महानगरपालिकाले अबैध संरचना हटाउने क्रम जारी राखेको छ । विभिन्न ठाउँका अतिक्रमित संरचनाहरु भत्काउने क्रममा १० नम्बर...
-
बन्दकोठामा आलोपालोको निर्णय नगर्न गगनको खबरदारी
६ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा संस्थागत रुपमा छलफल नगरी राष्ट्रपति पद तथा प्रधानमन्त्रीमा आलोपालोबारे निर्णय...