ताजा समाचार

प्रदेशसभामा कांग्रेस १०५,एमाले ९० र माओवादी ५३ स्थानमा विजयी

म‍‌‌‌‌‌‌‌सिर १४, काठमाडाै‌ । मंसिर ४ गते भएको मतदानको गणनाअनुसार प्रदेशसभातर्फ नोपली कांग्रेस पहिलो दल भएको छ । कांग्रेसले प्रदेशसभातर्फ १०५ स्थानमा विजयी हासिल गर्दै पहिलो पार्टी बन्न सफल भएको हो ।

यस्तै, नेकपा एमालेले प्रदेशसभातर्फ ९० निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ । नेकपा माओवादी केन्द्रले ५३ स्थानमा जित हासिल गरेको छ भने एकीकृत समाजवादीले १४ स्थानमा विजयी भएको छ।

त्यस्तै राप्रपाका ११ उम्मेदवार विजयी भएका छन् । जनता समाजवादी पार्टी (जसपा) १० र लोकतान्त्रिक समाजवादी पाटी (लोसपा) ले ९ प्रदेशसभा निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ। जनमत पार्टीले ७ स्थानमा जित्दा नागरिक उन्मुक्ति पार्टीले पनि ७ निर्वाचन क्षेत्रै जितेको छ ।

उता, हाम्रो नेपाली पार्टी १ र नेमकिपाले १ ठाउँमा जितेका छन् । प्रदेशसधाको निर्वाचनको मतपरिणामअनुसार १२ जना स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका छन् । प्रतिनिधिसभातर्फ भने चार निर्वाचन क्षेत्रको परिणाम आउन बाँकी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org