ताजा समाचार

मंसिर २६ गतेसम्म निर्वाचनका सबै काम सक्ने तयारी

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले  मंसिर २६ गतेसम्म निर्वाचन प्रक्रियाका  सम्पूर्ण काम सक्ने दाबी गरेका छन् । जिल्ला निर्वाचन  कार्यालय काठमाडौंले जिल्लामा चुनावमा खटिने निर्वाचन अधकिृत र सुरक्षा निकायका प्रमुखका लागि राखेको धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख नर्विाचन आयुक्त थपलयिाले यस्तो जानकारी दिएका हुन् ।

उनले मंसिर १९ गतेसम्म मतगणना सम्पन्न गरिसक्ने पनि जनाए । राजनीतकि दलहरुलाई मंसिर २२ गतेसम्म निर्वाचित प्रतनिधिसिभा सदस्यहरुको नाम कानूनले तोकेअनुरुप पठाउनका लागि पत्राचार गरिने पनि जनाए ।

आयोगले सबै ठाउँमा एकै चरणमा निर्वाचन सम्पन्न गर्न सकिन्छ भन्ने कुरालाई प्रमाणित गरेको उनले बताए । आफूहरु वर्तमान निर्वाचन कानुनसँग सन्तुष्ट नभएको थपलियाको भनाइ छ। उनले छिट्टै अब नयाँ कानूनद्वारा निर्वाचन व्यवस्थापन गरिनुपर्छ भन्ने कुरामा व्यापक तयारी गरेको पनि भनाइ राखे ।  निर्वाचन समावेशी र लैंगिकमैत्री होस् भन्ने चाहना राखेको भएपनि त्यस्तो हुन नसकेको उनको गुनासो थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org