ताजा समाचार

बाजुराबाट प्रतिनिधिसभामा बद्री पाण्डे निर्वाचित

काठमाडौं । पछिल्लो मतपरिणामअनुसार बाजुराबाट प्रतिनिधिसभा सदस्यमा बद्री पाण्डे निर्वाचित भएका छन् । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे ३१ हजार ७८६ मतसहित निर्वाचित भएका हुन् । पाण्डेलाई पछ्याएका एमालेका उम्मेदवार कर्णबहादुर थापाले २६ हजार ३४९ मत प्राप्त गरे ।

तेस्रो बढी मत ल्याएका राप्रपाका उम्मेदवार जंगकुमार गिरीले २०७ र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ११४ मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ ।

यसैगरी, प्रदेश सभातर्फ क्षेत्र नं १ (१) बाट एकीकृत समाजवादीका नरेशबहादुर शाही निर्वाचित भएका छन् । प्रदेश सभा २ बाट भने कांग्रेसका पदमबहादुर शाही निर्वाचित भएका आयोगले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org