ताजा समाचार

देशैभर चिसो बढ्दै, तराईमा हुस्सु र कुहिरो

काठमाडौ‌‌ । देशैभर चिसो बढ्दै गएको छ । तराईमा हुस्सुको साथै चिसोले सताउन थालेको छ  । काठमाडौंको तापक्रम पनि लगातार घट्न थालेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंको न्यूनतम तापक्रम आज (मंगलबार) विहान ६.८ डिग्रीसेल्सियसमा झरेको छ । यस्तै अधिकतम तापक्रम १९.९ डिग्री रह्यो ।  साँझ र बिहानीपख अझ चिसो हुने गरेको छ । हाल केही पहाडी भूभागमा आंशिक बदली पनि छ । यस्तै, देशका तराई भूभागका थोरै स्थानहरूमा कुहिरो र हुस्सु लागेको छ । पश्चिम तराई, मध्य र पूर्व तराईका एक-दुई स्थानमा हुस्सु लागेको भए पनि मध्यान्हपछि क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै,बिहानको समयमा देशका तराई भू-भागका थोरै स्थानहरूमा कुहिरो र हुस्सु लाग्न थालेको छ। चिसोबाट बच्न आवश्यक सुरक्षा र सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org