ताजा समाचार

सुकुम्बासीले बालेनलाई भने- नक्कलीलाई कारबाही गर

काठमाडौं।असली सुकुम्बासीको व्यवस्थापन गरी नक्कलीलाई कारबाही गर्न सुकुम्बासीहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग माग राखेका छन् । महानगरपालिकाको कार्यालयअघि प्रर्दशन गर्दै उनीहरुले यस्तो माग गरेका हुन् । नक्कली सुकुमबासीलाई हटाउने महानगरको कार्यमा आफूहरूको ऐक्यबद्धता रहेको जनाउँदै उपत्यकाबासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले महानगरका मेयर साहलाई ज्ञापनपत्र बुझाएको छ ।

संघर्ष समितिले बुझाएको ज्ञापनपत्रमा राजधानी सहरको मुटुमा रहेको थापाथलीस्थित वागमती खोलाको किनारामा रहेको सार्वजनिक र सरकारी जग्गा अतिक्रमण गरी आफूखुशी मनलागी, अस्वाभाविक एवं अनियन्त्रित कथित सुकुमबासीको बसोबासले सँगै रहेको खोलाको प्रदूषण, राजधानीको सौन्दर्यसमेतमा प्रतिकूल असर पारिरहेको उल्लेख गरिएको छ ।

यस्तै ज्ञापनपत्रमा अस्तव्यस्त बसोबासले गर्दा अनेक राजनैतिक, सामाजिक, सांस्कृतिक विकृति, विसंगति एवं दिउँसै खुलारूपमा घरेलु हातहतियारको प्रदर्शनी लगायतकाम कारण काठमाडौंमा भयावह, असुरक्षित तथा सन्त्रासमय वातावरण उत्पन्न भएको जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org