ताजा समाचार

काठमाडौं महानगरपालिकाले भन्यो- कार्यालय परिसरको फोहोर आफैं व्यवस्थापन गर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आ-आफ्नो कार्यालय परिसरभित्रको फोहोर ३५ दिनभित्र आफैं व्यवस्थापन गर्न आग्रह गरेको छ । महानगरपालिकाको वातावरण तथा कृषि विभाग टेकुले आज (बुधबार) एक सूचना जारी गर्दै सरकारी तथा निजी कार्यालयहरुलाई यस्तो आग्रह गरेको हो ।

सबै प्रकारका सरकारी तथा निजी कार्यालयहरुले आफ्नो परिसरको फोहोर मैला आफैं व्यवस्थापन गरी सहरलाई सफासुघ्घर राख्न सहयोग गरिदिन आग्रह गरेको छ । महानगरपालिकाको आग्रहलाई नमाने दण्ड जरिवाना गरिने चेतावनी दिइएको छ । अटेर गर्नेलाई फोहोरमैला व्यवस्थापन गर्न लागेको खर्चसमेत असुल्ने महानगरपालिकाले चेतावनी दिएको छ ।

सरकारी तथा निजी कार्यालयले आफ्नो परिसर नियमित सरसफाइ नगरेका कारण यत्रतत्र छरिएर रहेका पुराना उपकरण तथा अन्य प्रकृतिका फोहोरमैलाले सहरको सुन्दरतामा ह्रास आएको महानगरपालिकाको ठहर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org