ताजा समाचार

बैतडीमा जीप दुर्घटना, घाइतेमध्ये २ को अवस्था गम्भीर

बैतडी । बैतडीमा बझाङबाट डडेल्धुरा जाँदै गरेको से१च १२२६ नं को जिप जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । जिल्लाको सूर्नया ६ दुदिलाखान नजिकै (आज) बुधबार बिहान दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका हुन् । २ जनाको अवसथा गम्भीर छ । जिप सडकबाट करिब सय मिटर तल खसेको जनाइएको छ ।

दुर्घटनामा परेर घाइते हुनेहरुमा बझाङको केदारस्यु गाउँपालिका ५ घर भएका जिप चालक २० वर्षीय धनबहादुर गुरधामी, बझाङकै बुंगल नगरपालिका वडा नं ९ बस्ने ४५ वर्षीय नरपती पातली, ७० वर्षीया काली पातली र नरमा पातली रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

घाइतेमध्ये बुंगल नगरपालिका वडा नं ९ बस्ने ४५ वर्षीय नरपती पात र ७० वर्षीया काली पातलीको अवस्था गम्भीर छ । उनलाई उपचारका लागि डडेल्धुरा लगिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org