ताजा समाचार

नवलपुरमा बस र ट्रक ठोक्किए, १७ जना घाइते

नवलपुर । पूर्वी नवलपरासी (नवलपुर) जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक बस र ट्रक ठोक्किएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत रहेको सडकखण्डमा आज (बुधबार) बिहान बस र ट्रक ठोक्किदाँ १७ जना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ ।

बागलुङबाट भैरहवाका लागि छुटेको लु १ ख ४६७० नम्बरको बस र लु २ ख ८९३ नम्बरको ट्रक आज बिहान ५ बजे ठोक्किएका हुन् । घाइतेहरुको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको प्रहरीको भनाइ ५। ३० जना यात्रु चढेको बसका अन्य सकुशल छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org