ताजा समाचार

समानुपातिकतर्फको अन्तिम सूची सार्वजनिक गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतफृको अन्तिम सूची सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको अन्तिम सूची सार्वजनिक गर्ने तयारी गरेको हो ।

गत सोमबार दलहरूले बुझाएको अन्तिम सूची भने रुजु गर्ने काम सकिएको छ । आयोगले समानुपातिकतर्फको सिट निर्धारण भने पहिले नैं गरिसकेको छ । समानुपातिकतर्फ प्रतिनिधिसभामा एमालेले ३४ सिट पाएको छ । यस्तै कांग्रेसले ३२, माओवादीले १४, स्वतन्त्र पार्टीले १३, राप्रपाले ७ तथा जसपा र जनमतले ५/५ सिट प्राप्त गरेका छन् ।

समानुपातिकको अन्तिम नतिजा सार्वजनिक भएपछि आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अन्तिम परिणाम बुझाउने प्रावधान छ । राष्ट्रपतिसमक्ष अन्तिम परिणाम पेस गरेपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने प्रावधान छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org