ताजा समाचार

प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाइँदै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिवेदन आज (बिहीबार) राष्ट्रपतिसमक्ष बुझाइने भएको छ । गत मंसिर ४ गते भएको निर्वाचनको प्रतिवेदन निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाउने भएको हो । राष्ट्रपति भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिवेदन पेस गर्ने भएका हु्न् ।

प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम राष्ट्रपतिलाई बुझाएसँगै संसद अधिवेशन र नयाँ सरकार गठनको बाटो खुल्ने छ । प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन भने अलि ढिलो गरी बुझाइने भएको छ । उक्त प्रतिवेदन आगामी पुस २ गते प्रदेश प्रमुखहरूलाई बुझाउने तयारी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org