ताजा समाचार

कांग्रेसका नवनिर्वाचित सांसदको भेलाले के निर्णय गर्ला ?

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दिउँसो तीन बजे पार्टीका सबै सांसदलाई बोलाएका छन् । उनले बधाई तथा शुभकामनाका लागि पार्टीका नवनिर्वाचित सांसदहरुलाई आमन्त्रण गरेका जनाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उनले सबैलाई बोलाएका हुन् ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कूल ८९ सिट जितेको छ । संघीय संसद्को सबैभन्दा ठूलो दल बनेर कांग्रेसले आफ्नै नेतृत्वमा पाँच दलीय सत्ता गठबन्धनको नयाँ सरकार गठनका लागि प्रयास जारी राखेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org