ताजा समाचार

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, सरकार गठनमा केन्द्रित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (आइतबार) बस्ने भएको छ । बैठकमा संसदीय दलको निर्वाचन, नयाँ सरकार गठनको तयारी लगायतका विषयमा छलफल हुनेछ ।

केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन सूचना जारी गरिएको छ । दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कार्यसूची छ । गठबन्धनमा कांग्रेस दह्रो रहेको अवस्था छ ।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरिरहेका बेला माओवादी अध्यक्ष प्रचण्डले पनि पहिलो चरणमा प्रधानमन्त्रीमा दाबी गरेका छन् । प्रचण्डले पहिलो चरणमा प्रधानमन्त्री पदमा दाबी गरेपछि कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा पनि बैठकमा छलफल हुने सम्भावना छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org