ताजा समाचार

हिमाली क्षेत्रमा हिमपातको सम्भावना, पहाडमा सामान्य बदली

काठमाडौं । विहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा देखिएको छ । हाल देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही तराईका थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आज दिउँसो आंशिकदेखि सामान्य बदली रहने छ । बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी क्षेत्रको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी ठाउँमा राति आंशिकदेखि सामान्य बदली रहने छ । यस्तै बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रको एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको विभागले बिहान सार्वजनिक गरेको बुलेटिनमा उल्लेख गरिएको छ ।

आगामी २४ घण्टामा प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी क्षेत्रको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । यसैतै उक्त प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । तराईका केही भागमा बिहानीपख हुस्सु र कुहिरो लागेको छ । देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले आवश्यक सावधानी अपनाउन विभागले सवैमा आग्रह गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org