ताजा समाचार

माओवादी नेता पुन स्वास्थ्य उपचारपछि स्वदेश फर्किदै

पुस ५, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन स्वदेश फर्किंदैछन् । माओवादी उपमहासचिव पुन चीनको एउटा अस्पतालमा उपचार गराएर आज (म‌गलबार) स्वदेश  फर्किन लागेका हुन् । पुन चाइना साउदर्न एयरलाइन्सको नियमित उडानबाट गोन्झाओ हुँदै दिउँसो १ बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने छन् ।

उनी वंशाणुगत जण्डिसबाट पीडित छन् । पुन स्वास्थ्य समस्या बल्झिएपछि उपचारका लागि गत मंसिर १६ गते चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचारको लागि भर्ना भएका थिए । स्वास्थ्यमा सन्तोषजनक प्रगति भएपछि स्वदेश फर्किन लागेको उनकी पत्नी एवम् पूर्वसभामुख ओनसरी घर्तीले केही सञ्चारमाध्यमहरुलाई जानकारी दिएकी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org