ताजा समाचार

तापक्रम अझै घट्दै जाने, स्वास्थ्यमा ख्याल गर्न आग्रह

काठमाडौं । हाल जम्मु कस्मिरमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ ।  हाल लुम्बिनी, सुदुरपश्चिम प्रदेश तथा देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । यस्तै तराईका केही भागमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १ मा आज दिउँसो आंशिकदेखि सामान्य बदली हुनेछ । बाँकी भूभागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ । देशको पहाडी क्षेत्रमा आज दिउँसो आंशिक बदली रहने छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आगामी २४ घण्टामा तराईका केही भूभागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने छ । यस्तै देशका अधिकांश क्षेत्रमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले आवश्यक सावधानी अपनाउन विभागले सबैमा आग्रह गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org