ताजा समाचार

देशका अधिकांश ठाउँमा अझ बढी चिसोको महसुस

काठमाडौं । नेपालको पुर्वी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। प्रदेश १, वागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा हाल आंशिक बदली रहेको छ । तराईका थोरै भागमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

त्यस्तै दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भागमा आंशिक बदली रहने छ । बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ । यस्तै राति प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागको बुलेटिनमा जनाइएको छ ।

आगामी चौबीस घण्टामा तराईका केही भू-भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने छ । देशका अधिकांश ठाउँमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले आवश्यक सावधानी अपनाउन विभागले सबैमा सचेत गराएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org