ताजा समाचार

ट्राफिक नियमविरुद्ध यातायात मजदुर, बालाजु क्षेत्रमा सडक अवरुद्ध

काठमाडौं । यातायात मजदुरहरुले काठमाडौंको बालाजु क्षेत्रमा सडक अवरुद्ध गरेका छन् । ट्राफिक नियमविरुद्ध आन्दोलित बनेका उनीहरुले आज (सोमबार) दिउँसो सडकमा सवारी साधन तेर्साएर बालाजु चोकमा सडक अबरुद्ध गरे । बीच सडकमा सवारी साधन राखेर अवरोध सिर्जना गरेपछि सो क्षेत्रको यातायात आवागमन अवरुद्ध भएको छ ।
यातयात मजदुरहरुले बालाजु चोकबाट माछा पोखरीसम्म सडक अवरुद्ध गरेका प्रहरी वृत्त बालाजुले जनाएको छ। ट्राफिक नियम यातायात मजदुरको हितमा नभएको भन्दै सडक अवरुद्ध गरिएको मजदुरले जनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org