ताजा समाचार

व्यापार घाटामा जाेड-घटाउ : १० खर्बको आयात, १ खर्बको निर्यात

काठमाडौं । नेपालले चालु आर्थिक वर्षको ८ महिनामा १० खर्ब रुपैयाँको सामान आयात गरेको छ । निर्यात भने जम्मा १ खर्ब रुपैयाँ बराबरको मात्रै भएको छ । आयात–निर्यातको अवस्था हेर्दा मुलुकको व्यापार घाटा ९ खर्ब ५३ अर्ब ५८ करोड रुपैयाँ बराबर देखिएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । यो व्यापार घाटा गत वर्षको यसै अवधिको तुलनामा १७।८६ प्रतिशत कम भएको विभागले सार्वजनिक गरेको ८ महिनाको विवरणमा जनाइएको छ ।

गत वर्षकोे ८ महिनाको अवधिमा ११ खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको थियो । समग्र आयात नै घट्दा व्यापार घाटामा राहत मिलेको हो । ९ महिनामा कुल १० खर्ब ५८ अर्ब ३८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।१ खर्ब ४ अर्ब ७९ करोड रुपैयाँ बराबरको निर्यात भएको तथ्यांकमा उल्लेख छ । आयात गत वर्षको सोही अवधिको तुलनामा १९।१३ प्रतिशत कम हो भने निर्यात २९ प्रतिशत कम हो ।

चालु आर्थिक वर्षको माघ महिनासम्म नेपालले १० खर्ब ५८ अर्ब ३८ करोड ५५ लाख ३० हजार रुपैयाँको आयात गरेको छ । १ खर्ब ४ अर्ब ७९ करोड ६१ लाख ९३ हजार रुपैयाँको निर्यात गरिएको विभागले जनाएको छ । सबैभन्दा बढी २ खर्ब २७ अर्ब ९करोड ४ लाख ४८ हजार रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । दोस्रोमा १ खर्ब ४ अर्ब ८० करोड ९८ लाख ९ हजार रुपैयाँको फलाम आयात भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org