ताजा समाचार

एमाले अध्यक्ष ओली झापा जाँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (बिहीबार) गृह जिल्ला झापा जाँदै हुनुहुन्छ । जहाजमार्फत दिउँसो भद्रपुर जाने कार्यक्रम रहेको एमाले कोशी प्रदेश कमिटी सदस्य होमबहादुर थापाले जानकारी दिनु भयो ।

शुक्रबार दमक २ मा निर्माण गरिएका ४३ वटा आवास भवनको उद्घाटन र जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन ओली झापा जान लाग्नु भएको हो । ओली आज दमकस्थित आफ्नै निवासमा बस्ने हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org