ताजा समाचार

एमाले बाग्मती प्रदेश सरकारबाट बाहिरियो

काठमाडौं । नेकपा एमाले बाग्मती प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा एमाले संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले मुख्यमन्त्री शालिकराम जमकट्टेललाई सदनमै राजीनामा बुझाउनु भयो ।

प्रदेश सभामा बोल्दै नेता थपलियाले अब नेकपा एमाले प्रदेश सरकारको सशक्त प्रतिपक्षको भुमिकामा रहने जनाउनु भयो । उहाँले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने समेत प्रष्ट पार्नु भएको छ ।

बाग्मती प्रदेश सरकारमा नेकपा एमालेबाट जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री, एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, रामेश्वर श्रेष्ठ स्वास्थ्य र केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org