ताजा समाचार

धनुषाको मिथिलामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु

जनकपुर । धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरमा शनिबार दुईवटा ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परेर तीनजनाको घटनास्थलमै मृत्यु भएको हो ।

ना ६ ख ६५७८ नम्बर र प्रदेश १–०१–००१ ख ९२९२ नम्बरका दुई वटा ट्रक ठोक्किएका हुन् । दुर्घटनामा परेर सुनसरीका २८ वर्षीय चालक सागर चौधरी, सहचालक अर्जुन चौधरी र मोरङका ४४ वर्षीय लोकमान श्रेष्ठको ज्यान गएको हो ।

दुर्घटनामा सर्लाहीका २० वर्षीय नारायण श्रेष्ठ घाइते हुनुभएको धनुषाका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँको ढल्केवर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org